News Griha :: न्यूजगृह
आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै
आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ।  सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने...
दुई प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो ? 
दुई प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो ?  आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका  केही  स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एकदुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङ्ग सहित  भारी  वर्षाको  समेत सम्भावना  रहेको छ...
लिबियामा ठूलो बाढी, नेपाली शान्ति सैनिकको अवस्था के छ? 
लिबियामा ठूलो बाढी, नेपाली शान्ति सैनिकको अवस्था के छ?  संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानियल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने एकजना पक्राउ
ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने एकजना पक्राउ पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका- ५ ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् । रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए ।
घोषित पुरस्कार खेलाडीले नपाएकोमा प्रधानमन्त्री गम्भीर, पुरस्कार रकम भोलि निकासा हुने
घोषित पुरस्कार खेलाडीले नपाएकोमा प्रधानमन्त्री गम्भीर, पुरस्कार रकम भोलि निकासा हुने बिहीबार चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।
डाक्टर कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम 
डाक्टर कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम  संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।
सङ्खुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीबन्दी पुर्पक्षका लागि थुनामा 
सङ्खुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीबन्दी पुर्पक्षका लागि थुनामा  सङ्खुवासभा अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले कैदी मृत्यु प्रकरणमा संलग्न १५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएका छन्  । नेपाल चिकित्सक संघको बिहीबार ज्ञापनपत्र बुझ्दै उनाले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा.प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी...
सुवास नेम्वाङको निधनप्रति दुवै सदनबाट शोक प्रस्ताव पारित
सुवास नेम्वाङको निधनप्रति दुवै सदनबाट शोक प्रस्ताव पारित प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
नेम्वाङको निधनले शोकमा गृहजिल्ला
नेम्वाङको निधनले शोकमा गृहजिल्ला संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ ।  नेकपा एमालेका उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधि सभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । वि.सं. २०४८ र २०५२ मा राष्ट्रिय सभाको अध्यक्ष भएका उनी २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री...
चिकित्सकमाथि कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने
चिकित्सकमाथि कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् ।
Weather Update