News Griha :: न्यूजगृह
ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने एकजना पक्राउ

काठमाडौं—  पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका- ५ ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् । रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए ।

त्यसविरुद्ध श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेका रेग्मीविरुद्ध साइबर अपराधअन्तर्गत मुद्दामा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:३६
Weather Update