चिकित्सकमाथि कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् ।
बुधबार मकवानपुरको हेंटौडास्थित सन्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि कुटपिट भएकाे थियो ।
सभापति लामिछानेले सो घटनाको खेद प्रकट गर्दै कडा कारबाहीको माग गृहमन्त्रीसँग गरेका छन् ।
उनले बिहीबार फेसबुकमा लेखेका छन्,‘चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो । लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन । त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्दछु । चिकित्सक कुट्नेमाथि कडा भन्दा कडा कारबाही होस् । गृहमन्त्रीज्यू,गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
जिल्ला प्रहरी कार्यालय मकवानपुरले डाक्टरमाथि कुटपिटको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १४:४४













