News Griha :: न्यूजगृह
तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने 
तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने  कोषले शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । हिन्दुहरूको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दु नारीहरूको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था लगायतका व्यवस्था गरिएको कोषले जनाएको छ । 
शिष्ट र मर्यादित भएर सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह
शिष्ट र मर्यादित भएर सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग  गर्न आग्रह गरेको छ ।
शिक्षा विधेयकविरुद्ध शिक्षक कर्मचारी आन्दोलित, देशभर विद्यालय बन्द गर्ने चेतावनी
शिक्षा विधेयकविरुद्ध शिक्षक कर्मचारी आन्दोलित, देशभर विद्यालय बन्द गर्ने चेतावनी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले संसदमा  दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।
न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची]
न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची] न्यायपरिषद्को शुक्रबार बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । नायव महान्यायाधीवक्ता एवम् बेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई पहिलो वरीयतामा राखेर न्यायपरिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण ऐतिहासिक हुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि उनले राष्ट्रियतालाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँग पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरे ।
विन्ध्यवासिनी म्युजिक र प्रमोद खरेलबीचको प्रतिलिपि अधिकार मुद्दामा अदालतको विवादित फैसला, न्यायाधीशले विवेक नै पुर्‍याएनन 
विन्ध्यवासिनी म्युजिक र प्रमोद खरेलबीचको प्रतिलिपि अधिकार मुद्दामा अदालतको विवादित फैसला, न्यायाधीशले विवेक नै पुर्‍याएनन  न्यायाधीश सिलवालले प्रतिलिपि ऐनको विरुद्धमा खरेललाई यसको अधिकार भएको ठहर गरेका छन् । कानुनका ज्ञाताहरूका अनुसार गायकलाई प्रतिलिपि अधिकार दिनु 'न्यायिक विचलन' हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो ।
‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ’
‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।
कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् ।
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीचको भेट हाङझाउमा हुने
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीचको भेट हाङझाउमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग हाङझाउमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।
अमेरिका र चीन भ्रमण टोली सानो बनाएको छु : प्रधानमन्त्री
अमेरिका र चीन भ्रमण टोली सानो बनाएको छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणकाे विषयमा संसदलाई जानकारी गराएका छन् । शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन् । उनले भने,‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ ।’
महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री दाहाल 
महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई गम्भीर रूपमा लिएको जनाएका छन् । 
Weather Update