News Griha :: न्यूजगृह
महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री दाहाल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई गम्भीर रूपमा लिएको जनाएका छन् ।

समसामयिक विषयमा सभामुखले रुलिङ गरेका विषयमाथि शुक्रबार संसदमा जानकारी दिँदै दाहालले यादवमाथिको घटनालाई गम्भीर रूपमा लिएको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउन चाहन्छु ।’

भदौ २० गते बुधबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा यादवमाथि नुवाकोटको विदुर नगरपालिका—७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:४२
Weather Update