आफ्नो जिम्मेवारी वहन गर्न विद्यालय कर्मचारीहरूलाई निर्देशनशनिबार, भदौ ३०, २०८०

तालिमप्राप्त कुकुरबाट गैरीगाउँ हत्या घटनाको अनुसन्धान शनिबार, भदौ ३०, २०८० काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँस्थित चार जनाको वीभत्स हत्या घटना नेपाल प्रहरीले तालिमप्राप्त कुकुरबाट अनुसन्धान सुरु गरेको छ । गैरीगाउँको दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा गएराति धारिलो हतियारबाट चार जनाको हत्या भएको छ ।

शिक्षा विधेयकमा शिक्षक महासंघको असन्तुष्टिका कारण शनिबार, भदौ ३०, २०८० नेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना असन्तुष्टि सार्वजनिक गरेको हो ।

गैरीगाउँ हत्या घटना : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत शनिबार, भदौ ३०, २०८० काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।...

प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै शनिबार, भदौ ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी न्युयोर्क प्रस्थान गर्नेछन् ।
![गैरीगाउँ वीभत्स हत्या घटना : चारै जनाको शव शिक्षण अस्पताल लगियो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/tuhospital1694138397.jpg)
गैरीगाउँ वीभत्स हत्या घटना : चारै जनाको शव शिक्षण अस्पताल लगियो [अपडेट] शनिबार, भदौ ३०, २०८० तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र हत्या भएका चारै जनाको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज लगिएको छ । शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रस्तावित शिक्षा ऐन : विद्यालय संरचना बाहिर नराख्न ईसीडी शिक्षकहरूको माग शनिबार, भदौ ३०, २०८० प्रस्तावित शिक्षा ऐनमा आफूहरूलाई विद्यालय संरचना बाहिर राखिएकोमा प्रारम्भिक बालविकास सजकर्ताहरू (ईसीडी) शिक्षकहरूले आपत्ति जनाएका छन् ।विधेयकले ईसीडी शिक्षक र त्यसको व्यवस्थापन पालिकाले गर्ने उल्लेख छ । शिक्षकले भने प्राथमिक तृतीयसरहको शिक्षक ईसीडीमा राख्नुपर्ने बताएका छन् ।
![गैरीगाउँ वीभत्स हत्या घटनामा एक जना पक्राउ [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/gairigaun ghatana1694855777.jpg)
गैरीगाउँ वीभत्स हत्या घटनामा एक जना पक्राउ [अपडेट] शनिबार, भदौ ३०, २०८० गएराति १२ बजेतिर दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राई लाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

आज यी प्रदेशमा वर्षाको सम्भावना शनिबार, भदौ ३०, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

खुकुरी प्रहर गरि काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या शनिबार, भदौ ३०, २०८० तीनकुनेस्थित गैरीगाउँमा गएराति ४ जनाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरिएको अवस्थामा २ महिला र दुई पुरुषको शव फेला परेको हो ।

इन्धनको नयाँ मूल्य सार्वजनिक, डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो शुक्रबार, भदौ २९, २०८० यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ चालक ट्राफिक प्रहरीको कारबाहीमा शुक्रबार, भदौ २९, २०८० ८० भन्दा बढी सवारी साधनलाई सुरक्षा जाँच गर्दा ब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जसमा टाटासुमो ४, पिकअप जीप २ र बस, टिपर, हात्ती गाडी १-१ छन् ।

डाक्टर कुट्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप शुक्रबार, भदौ २९, २०८० हेटौँडा रहेको सन्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।








