News Griha :: न्यूजगृह
गैरीगाउँ वीभत्स हत्या घटनामा एक जना पक्राउ [अपडेट]

काठमाडौं— गैरीगाउँमा गएराति भएको वीभत्स हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गएराति १२ बजेतिर दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राई लाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको कारण खुलेको छैन । 

 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:०३
Weather Update