News Griha :: न्यूजगृह
खुकुरी प्रहर गरि काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या

काठमाडौं— तीनकुनेस्थित गैरीगाउँमा गएराति ४ जनाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरिएको अवस्थामा २ महिला र दुई पुरुषको शव फेला परेको हो । 

गैरीगाउँस्थित दिव्य सःमिल भित्र ४ जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले बताए । उनले भने, ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।’ 

हत्या हुनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल छन् । त्यस्तै, र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको पनि हत्या भएको एआईजी थापाले जानकारी दिए ।

घटना गएराति १२ बजेतिर भएको प्रहरीले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०६:३३
Weather Update