News Griha :: न्यूजगृह
बल्खुखोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटियो
बल्खुखोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटियो तीनथानास्थित बल्खुखोलाको झोलुङ्गे पुलमुनी शुक्रबार एक पुरुषको शव भेटिएको छ ।
द्रुतबस सेवा सञ्चालनका लागि लेन बनाउन सुरु
द्रुतबस सेवा सञ्चालनका लागि लेन बनाउन सुरु सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेडमार्क गर्न थालिएको हो ।
प्रस्तावित शिक्षा ऐन : शिक्षक कर्मचारीलाई नेताहरुले ढाँटे, आन्दोलनको विकल्प छैन : अध्यक्ष तिवारी
प्रस्तावित शिक्षा ऐन : शिक्षक कर्मचारीलाई नेताहरुले ढाँटे, आन्दोलनको विकल्प छैन : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षक कर्मचारीको हकहितका लागि सबै जाग्नुपर्ने बेला आएको बताएका छन्  ।
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघ सडकमा
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघ सडकमा प्रस्तावित शिक्षा ऐनविरुद्ध नेपाल शिक्षक महासंघ सडक आन्दोलनमा आएको छ ।
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल  शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्घन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाउने उल्लेख गर्दै शुभकामना व्यक्त गरेको छन् । 
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक निर्माणका क्रममा रहेकाले  जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो ।
हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प 
हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प  हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गराएको हेटौँडा...
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीनदिन लोडसेडिङ 
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीनदिन लोडसेडिङ  प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहानदेखि सोमबार बिहानसम्म सटडाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।
बेनीमा गोरु नाच प्रदर्शन
बेनीमा गोरु नाच प्रदर्शन नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपारहरूलाई आग्रह गर्ने चलन छ ।
चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते 
चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
डेँगु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान
डेँगु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान रेडक्रसले आगामी नोभेम्बरसम्म डेँगुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेँगुको बारेमा जानकारी दिन ‘स्कुल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए ।
Weather Update