बालदिवस
ओलीले भने— मलाई बालबालिका प्यारा लाग्छन्

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५९औं राष्ट्रिय बालदिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकामा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुक्रबार उनले सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना भन्दै शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् ‘म कहिलेकाहीँ सोच्छु– म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ! अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु। म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ । यिनीहरुसँग लामो समय छ । हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ– मलाई बालबालिका प्यारा लाग्छन् । आज बालदिवस– सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना !’
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १०:२४













