News Griha :: न्यूजगृह
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघ सडकमा

काठमाडौं— प्रस्तावित शिक्षा ऐनविरुद्ध नेपाल शिक्षक महासंघ सडक आन्दोलनमा आएको छ । आगामी असोज ३ गतेदेखि सडक आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा विधेयक, २०८०’  विरुद्ध महासंघ सडक आन्दोलनमा उत्रने भएको हो ।

महासंघले विद्यालय कर्मचारी र शिक्षकको माग मुद्दालाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ ।

असोज तीन गतेदेखि विद्यालय बन्दगरी काठमाडौं आउन शिक्षक कर्मचारीलाई महासंघले निर्देशन दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:३९
Weather Update