News Griha :: न्यूजगृह
चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते 

दैलेख— दैलेखको महावुगाउँपालिका–१खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । चट्याङ लागेर १६ जना घाइते भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:०५
Weather Update