News Griha :: न्यूजगृह
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् । 

शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्घन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाउने उल्लेख गर्दै शुभकामना व्यक्त गरेको छन् । 
 

शुभकामना सन्देशमा लेखिएको छ, 'बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ५९ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाउँदैछौँ। विशेषगरि विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्घन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाइन्छ । यस ऐतिहासिक अवसरमा म सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्घन र परिपूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । 

उनले विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएकोले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:२८
Weather Update