News Griha :: न्यूजगृह
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीनदिन लोडसेडिङ 

काठमाडौं—  नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ ।  

प्राधिकरणले काठमाडौंका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहानदेखि सोमबार बिहानसम्म सटडाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।

साथै, प्राधिकरणले स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा स्युचाटार–केथ्री लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:५३
Weather Update