बल्खुखोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटियो

काठमाडौं— तीनथानास्थित बल्खुखोलाको झोलुङ्गे पुलमुनी शुक्रबार एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ३५/३६ वर्षको पुरुष ढुंगामा अड्किई घोप्टो अवस्थामा मृत फेला परेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयको रोहवरमा मुचुल्का उठाएर शव परीक्षणका लागि त्रिवि शिक्षक अस्पताल महाराजगञ्ज पठाइएको छ ।
हालसम्म मृतकको आफन्त तथा कोही कसैले पनि मृतकको हुलिया तथा सनाखत निवेदन नदिएकाले सनाखत भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० ११:४४













