News Griha :: न्यूजगृह
गैरीगाउँ वीभत्स हत्या घटना : चारै जनाको शव शिक्षण अस्पताल लगियो [अपडेट]

काठमाडौं— तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र हत्या भएका चारै जनाको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज लगिएको छ ।

शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल छन् ।

त्यस्तै मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको पनि हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना गएराति १२ बजेतिर भएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:४५
Weather Update