आफ्नो जिम्मेवारी वहन गर्न विद्यालय कर्मचारीहरूलाई निर्देशन
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जिल्ला अध्यक्षहरूलाई आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।
शनिबार अध्यक्ष तिवारीले भने,‘सबै विद्यालय कर्मचारी मित्रहरूलाई रिजल्ट मात्र चाहिएको छ । मैले गर्नुपर्ने के हो जिल्ला तहमा भन्नेमा कतिको ध्यान छ कुन्नी ? साथीहरू जिल्लामा दिएको निर्देशन अनुसारको कार्य गराउनु धेरैजसो जिल्ला अध्यक्षज्यूहरुको पनि अलि कमजोरी देखिएको छ ।’
परिषद्का गतिविधिबारे जानकारी लिन सकेसम्म जिल्ला अध्यक्षहरुलाई नै सम्पर्क गर्न केन्द्रीय अध्यक्ष तिवारीले निर्देशन दिएका छन् । उनले भने,‘हामी यहाँ (केन्द्र) अत्यन्तै व्यस्त हुन्छौं । जिल्ला अध्यक्षहरुलाई हामीले सबै जानकारी गराएका छौं । मेरो फोन नउठ्न सक्छ । गाह्रो नमान्नु होला ।’
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० ०९:४४
साताको लोकप्रिय