बौद्धिक अपांगता भएकी युवतीमाथि सामूहिक बलात्कार, दुई युवा पक्राउशनिबार, भदौ ३०, २०८०

बसको ठक्करबाट गोरखामा मोटरसाइकल चालकको मृत्यु शनिबार, भदौ ३०, २०८० सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु शनिबार, भदौ ३०, २०८० दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित शनिबार, भदौ ३०, २०८० कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए । उनका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ ।

पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु शनिबार, भदौ ३०, २०८० पोखरीमा डुबेर ग्रामथान गाउँपालिकामा दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुई महिना अघि हराएकी एक महिलाको टाउको काटिएको अवस्थामा शव फेला शनिबार, भदौ ३०, २०८० दुई महिना अघि हराएकी एक महिलाको शव शनिबार फेला छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएका महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबरका थिए ।

तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसार भइरहेको छ : ओली शनिबार, भदौ ३०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु शिक्षाको जग भत्काउनु हो : शिक्षक महासंघ शनिबार, भदौ ३०, २०८० नेपाल शिक्षक महासंघले विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु विद्यालय शिक्षाको जग भत्काउनु जस्तै हो भनेको छ ।

राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए अमेरिका भ्रमणको जानकारी शनिबार, भदौ ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

गैरीगाउँ हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन शनिबार, भदौ ३०, २०८० काठमाडौं महानगरपालिका—३२ तीनकुने गैरीगाउँमा गएराति चार जनाको हत्या घटनाकाे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

यस्ताे रह्याे साताको शेयर बजार शनिबार, भदौ ३०, २०८०

अपराधन्मुख समाज, सामान्य विवादमा पनि हत्या शनिबार, भदौ ३०, २०८० यी तीन घटना प्रतिनिधिमूलक हुन् । यी घटनामा सामान्य नागरिक हत्याका शिकार भएका छन् । धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए । आजको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसिइबीले भएको हुनसक्ने उनले बताए ।

प्रधानमन्त्री दाहालसँग को—को जाँदैछन् अमेरिका ? शनिबार, भदौ ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज साँझ अमेरिकाकाे न्यूयोर्क प्रस्थान गर्दैछन् ।









