बौद्धिक अपांगता भएकी युवतीमाथि सामूहिक बलात्कार, दुई युवा पक्राउ

स्याङ्जा— बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ छन् ।
उनीहरूले घरमै बसिरहेको अवस्थामा युवतीलाई सामूहिक बलात्कार गरेको लागेको छ । प्रहरीका अनुसार घटना भदौ २० गतेको हो ।
पीडितले शुक्रबार सामूहिक बलात्कार भएको प्रहरीमा उजुरी दिएकी थिइन् । दुवै जनालाई शुक्रबार नै पक्राउ गरी जिल्ला अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० १९:४०













