News Griha :: न्यूजगृह
प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु शिक्षाको जग भत्काउनु हो : शिक्षक महासंघ

काठमाडौं— नेपाल शिक्षक महासंघले विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु विद्यालय शिक्षाको जग भत्काउनु जस्तै हो भनेको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको छ । सो क्रममा: प्रारम्भिक बाल शिक्षाबारे महासंघको सो धारणा आएको हो ।

महासंघले भनेको छ,‘ बालकक्षा शिक्षकको सवाल अहिले पेस भएको विधेयकले प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचना बाहिर राखेको छ । विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु विद्यालय शिक्षाको जग भत्काउनु जस्तै हो ।’

महासंघले बाल शिक्षकका लागि प्राथमिक तह तृतीय सरहको दरबन्दी सिर्जना गरी स्थायित्वको प्रक्रियामा लैजानुपर्ने बताएको छ ।

महासंघले शिक्षा विधेयकमार्फत राज्य उल्टो बाटोमा हिंड्न खोजेको बताउँदै विधेयकमा अविलम्ब सुधार हुनुपर्ने माग गरेको छ । 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:४८
Weather Update