राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए अमेरिका भ्रमणको जानकारी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहाल आज साँझ अमेरिका प्रस्थान गर्दैछन् ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० १३:१५













