
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
२०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसारको तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका हुन् ।
उनले भने, ‘तस्कर र भ्रष्टाचारीको बिगबिगी छ, साढे नौ किलो सुन फेला पर्यो, हराउँदै फेला पर्दै । कस्तो तमासा होला । एउटा तस्करलाई नेपाली नागरिकता २०७४ सालदेखि दिएर सुन ओसारपसारको तयारी रहेछ । अस्ति केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर एउटा सांसदले संसद्मा बोले । किन रहेछ भनेको संसद्मा जलहरीको कुरा हल्ला गर्ने र विमानस्थलबाट सुनको तस्करी क्विन्टलका क्विन्टल गर्ने धन्दा रहेछ ।’













