News Griha :: न्यूजगृह
धादिङमा चालक–सहचालको स्वास्थ्य परीक्षण सुरु
धादिङमा चालक–सहचालको स्वास्थ्य परीक्षण सुरु जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सडकमै चालक तथा सहचालको स्वास्थ्य परीक्षण आयोजन गरेको छ ।
विद्यालय कर्मचारी, बाल शिक्षकबारे शिक्षा विधेयकमा स्पष्ट व्यवस्था छैन : कमला तुलाधर
विद्यालय कर्मचारी, बाल शिक्षकबारे शिक्षा विधेयकमा स्पष्ट व्यवस्था छैन : कमला तुलाधर नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यालय कर्मचारीसहितका विषयमा प्रस्तावित शिक्षा ऐनमा अस्पष्ट भएको बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तुलाधरले सो कुरा बताएकी हुन् ।
चिकित्सक कुटपिट घटनाको विरोधमा मकवानपुरमा सबै स्वास्थ्य सेवा बन्द
चिकित्सक कुटपिट घटनाको विरोधमा मकवानपुरमा सबै स्वास्थ्य सेवा बन्द चिकित्सक कुटपिट घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले स्वास्थ्य...
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् । युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । 
तीजको पौराणिकता
तीजको पौराणिकता हिन्दु नारीकाे हरितालिका (तीज) सुरु भएको छ । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ ।
चिकित्सकको आन्दोलनले अस्पताल आएका बिरामी फर्किए 
चिकित्सकको आन्दोलनले अस्पताल आएका बिरामी फर्किए  चिकित्सकको आन्दोलनका कारण चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन आएका बिरामी फर्किएका छन् । 
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट पूर्वपश्चिम राजमार्गमा बम विस्फोट भएको छ । विस्फोटबाट राजमार्गमा भ्वाङ परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका— ९ ढकेरी नजिकैको सडकमा बम पड्किएको हो।
जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार 
जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार  पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् । 
शिक्षा विधेयकमा के–के छन् नयाँ व्यवस्था ?
शिक्षा विधेयकमा के–के छन् नयाँ व्यवस्था ? राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ । शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ । बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति...
विद्यालय कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सुविधा
विद्यालय कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सुविधा प्रस्तावित शिक्षा ऐनमा सामुदायिक विद्यालयका कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सेवासुविधा दिने उल्लेख छ ।
देशभरका स्वास्थ्य संस्था ठप्प, अत्यावश्यक उपचार सेवाबाट बिरामी बञ्चित
देशभरका स्वास्थ्य संस्था ठप्प, अत्यावश्यक उपचार सेवाबाट बिरामी बञ्चित नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरू अत्यावश्यक उपचार पाउनबाट बञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।
धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित
धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् । 
Weather Update