News Griha :: न्यूजगृह
देशभरका स्वास्थ्य संस्था ठप्प, अत्यावश्यक उपचार सेवाबाट बिरामी बञ्चित

काठमाडौं— नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरू अत्यावश्यक उपचार पाउनबाट बञ्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।

उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:१८
Weather Update