News Griha :: न्यूजगृह
एसईई उत्तीर्ण विद्यार्थीलाई बाल विकासको सम्मान
एसईई उत्तीर्ण विद्यार्थीलाई बाल विकासको सम्मान बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख शुभलक्ष्मी शाक्य सुनिताको प्रमुख अतिथ्यतामा शैक्षिक वर्ष २०७९ को एसईईमा सफल भएका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
चितवनमा तीन लाख मूल्य बराबरको दुई हजार किलो माछा नष्ट
चितवनमा तीन लाख मूल्य बराबरको दुई हजार किलो माछा नष्ट चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो । 
चक्कु प्रहारबाट साथीको हत्या
चक्कु प्रहारबाट साथीको हत्या पाल्पामा गएराति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता संयुक्त राष्ट्रसंघको महासभामा भाग न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता भएको छ ।
गर्भवती श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
गर्भवती श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गत भदौ २४ गते बिहान करिव पाँच बजेको समयमा आफूलाई धाकधम्की दिई गाली गलौज तथा कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले भने— विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ 
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले भने— विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ  संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क पुगेका उनले पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् । 
विकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल
विकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताएका हुन् । साउदले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको...
पशुपतिनाथ मन्दिरमा २ हजार ९६६ जना प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी
पशुपतिनाथ मन्दिरमा २ हजार ९६६ जना प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तीज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।
पशुपतिनाथका चार वटै ढोका खुला, पुरुष दर्शनार्थीलाई छैन प्रवेश अनुमति
पशुपतिनाथका चार वटै ढोका खुला, पुरुष दर्शनार्थीलाई छैन प्रवेश अनुमति आज हरितालिका (तीज) । पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने भक्तजनका लागि बिहान ३ बजेबाटै चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाइन व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी गरेको छ । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा...
आज विश्वकर्मा पूजा‚ वास्तु दिवस
आज विश्वकर्मा पूजा‚ वास्तु दिवस प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन सोमबार कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।
हेटौँडामा नौ क्विन्टल गाँजासहित दुईजना पक्राउ
हेटौँडामा नौ क्विन्टल गाँजासहित दुईजना पक्राउ आइतबार हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकबाट नौ क्विन्टल लागूऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए । 
कस्तो रहला तीजको दिन मौसम? 
कस्तो रहला तीजको दिन मौसम?  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू(भाग र मध्य प्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
Weather Update