आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदैसोमबार, असोज १, २०८०

तीनकुने सामूहिक हत्याकाण्डका अभियुक्त सार्वजनिक, आफूले गल्ती गरेको भन्दै मागे माफी आइतबार, भदौ ३१, २०८० तीनकुने सामूहिक हत्याकाण्डका आरोपित सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरि सार्वजनिक गरेको छ । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको हो ।तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए ।

तीनकुने हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राई रिहा आइतबार, भदौ ३१, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो ।

चिकित्सकको आन्दोलन फिर्ता, सरकार भयो ६ बुँदे सहमति आइतबार, भदौ ३१, २०८० भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका चिकित्सकमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो ।

ईसेवा मनि ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियान यस वर्ष पनि, बम्पर उपहार काठमाडौंमा घर आइतबार, भदौ ३१, २०८० स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन अभियानलाई निरन्तरता दिइएको एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले बताए ।

कोशीमा कर्मचारीलाई दैनिक २०० खाजा भत्ता दिने प्रदेश सरकारको निर्णय आइतबार, भदौ ३१, २०८० कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दर खाजा भत्ताले दिने निर्णय गरेको छ ।

बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल आइतबार, भदौ ३१, २०८० महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै आफूलाई घोडचडी र पौडीमा खुबै चाख रहेको बताएका हुन्।

राष्ट्रपति पौडेलले पठाए नेम्वाङ परिवारलाई समवेदना सन्देश आइतबार, भदौ ३१, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।

नेपाल एअरलाइन्सको जहाज मर्मतका लागि इजरायल पठाइने, निगमले माग्यो यात्रुसँग माफी आइतबार, भदौ ३१, २०८० राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, यी चार स्थानबाट लाइनको व्यवस्था आइतबार, भदौ ३१, २०८० हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था...

तीनकुने हत्याकाण्ड : सीसीटीभी फुटेजमा देखिएका एक युवक पक्राउ आइतबार, भदौ ३१, २०८० तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र शुक्रबार राति खुकुरी प्रहर गरी चार जनाको हत्या घटनामा प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजमा देखिएका एक युवकलाई लोकन्थलीबाट पक्राउ गरेको हो ।

महाबौद्धको कपडा पसलमा आगलागी आइतबार, भदौ ३१, २०८० काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटियो, ६ जना पक्राउ आइतबार, भदौ ३१, २०८० अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको छ ।अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।









