News Griha :: न्यूजगृह
महाबौद्धको कपडा पसलमा आगलागी

काठमाडौं— काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं –२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

आगलागीबाट करिब एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:२०
Weather Update