तीनकुने हत्याकाण्ड : सीसीटीभी फुटेजमा देखिएका एक युवक पक्राउ

काठमाडौं— तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र शुक्रबार राति खुकुरी प्रहर गरी चार जनाको हत्या घटनामा प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सीसीटीभी फुटेजमा देखिएका एक युवकलाई लोकन्थलीबाट पक्राउ गरेको हो ।
हत्यामा संलग्न आशंकामा उनलाई पक्राउ गरिएको र पक्राउ पर्नेको परिचय गोप्य राखिएको प्रहरी स्रोतले जनाएको छ । घटनाबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १५:२९