News Griha :: न्यूजगृह
६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै 
६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै  प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय प्रमुख एवम् सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । पछिल्लो ११ महिना मै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)ले ३...
आजको फलफूल तथा हरियो तरकारीको मूल्य
आजको फलफूल तथा हरियो तरकारीको मूल्य जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ५६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 
पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।
तीज व्रतको तयारीस्वरूप आज दर खाने दिन
तीज व्रतको तयारीस्वरूप आज दर खाने दिन दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघर मै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।
१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ 
१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ  १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने
चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषणाा गरिएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
भालुको आक्रमणबाट एक जनाको मृत्यु
भालुको आक्रमणबाट एक जनाको मृत्यु मृत्यु हुनेमा ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
स्वास्थ्यमन्त्रीको दाबी — उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुन्छ 
स्वास्थ्यमन्त्रीको दाबी — उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुन्छ  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन् । बाह्रबिसे नगरपालिकाले शनिबार बाह्रबिसेमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने दाबी गरे ।
गैरीगाउँ सामूहिक हत्या घटनामा प्रयोग भएको हतियार बरामद
गैरीगाउँ सामूहिक हत्या घटनामा प्रयोग भएको हतियार बरामद काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।  
छोराले जिस्काएको निहुँमा बाबुको हत्या, ४ जना पक्राउ 
छोराले जिस्काएको निहुँमा बाबुको हत्या, ४ जना पक्राउ  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्री साह छन् । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । स्थानीय ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयमा विवाद हुँदा बद्रीले सुनिल माथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
Weather Update