News Griha :: न्यूजगृह
१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ 

ताप्लेजुङ—  जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

१३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वागाउँपालिका‐६मेहेलेस्थितनिलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
 
सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ । 

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०६:४६
Weather Update