News Griha :: न्यूजगृह
छोराले जिस्काएको निहुँमा बाबुको हत्या, ४ जना पक्राउ 

रौतहट— कटहरिया नगरपालिका- ५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्री साह छन् । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । स्थानीय ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयमा विवाद हुँदा बद्रीले सुनिल माथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

बद्री रामबाबुको छोरा हुन् । गम्भीर घाइते सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु हो । इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट खटिएको प्रहरी टोलीले बद्रीलाई पक्राउ गरेको हो ।

अनुसन्धानको लागि झैझगडामा संलग्न रामबाबु समेत ४ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २०:०३
Weather Update