News Griha :: न्यूजगृह
भालुको आक्रमणबाट एक जनाको मृत्यु

सोलुखुम्बु—  भालुको आक्रमणबाट महाकुलुङ गाउँपालिका १ खिरौलेमा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २१:४१
Weather Update