News Griha :: न्यूजगृह
तीनकुने सामूहिक हत्याकाण्डका अभियुक्त सार्वजनिक, आफूले गल्ती गरेको भन्दै मागे माफी
आरोपित सञ्जय भण्डारी

काठमाडौं—  तीनकुने सामूहिक हत्याकाण्डका आरोपित सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरि सार्वजनिक गरेको छ । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको हो ।

तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । 

प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिएको छ ।

tinkune ghatana21694961183.jpg
आरोपित सञ्जय भण्डारी

शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राई सहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरीले बताएको छ । भण्डारीले आफूले गल्ती गरेको भन्दै माफीसमेत मागेका छन् ।

आइतबार प्रहरीले उनलाई पत्रकार समक्ष सार्वजनिक गर्ने क्रममा आफूलाई मिडियामा नदेखाउन पनि उनले आग्रह गरेका थिए । उनले आफूलाई पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने समेत थाहा नभएको दाबी गरेका अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतले जनाएका छन् ।

khukuri and bag1694961135.jpg
सामूहिक हत्या घटनामा प्रयोग भएको हतियार खुकुरी र खुकुरी राखेको झोला । 

उनले पानामा आफ्ना कुरा लेख्दै घटनाको फटापट जिम्मा लिएको स्रोतयो । त्यही क्रममा उनले घर कतिखेर जान सकिन्छ भनेर प्रहरीलाई लेखेर सोधेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:१६
Weather Update