News Griha :: न्यूजगृह
ईसेवा मनि ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियान यस वर्ष पनि, बम्पर उपहार काठमाडौंमा घर

काठमाडौं— स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ ।

डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन अभियानलाई निरन्तरता दिइएको एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले बताए ।

आइतबार पत्रकार सम्मेलन गरि ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरी पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन ईसेवा मनि ट्रान्स्फर र ईसेवाबीच सम्झौता परिस्थापना सँगै सुरु भएको थियो।

यो अभियान सोमबार (असोज १) बाट सुरु भएर आगामी असार ३१सम्म जारी रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको शर्माले बताए । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको शर्माले बताए ।

'मेरो डिजिटल देश' अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहनु भएका नेपालीहरूले, नेपालमा इच्छाएको व्यक्तिको ईसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।

शर्माले भने, 'यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकाङ्क्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तीमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौँ। साथै ईसेवा मनि ट्रान्सर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकाङ्क्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुसी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।'

त्यस्तै, पत्रकारसम्मेलनमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले अभियानले राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

भने, 'ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।'

त्यस्तै, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले अभियानले रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्ने दाबी गरे ।

भने, 'इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरूलाई डिजिटल माध्यम बाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।'

अभियान बारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहरू सहभागी हुन सक्ने बताए । भने, 'यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहरू सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्‍याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ विश्वका विभिन्न विदेशबाट नेपालमा पैसा पठाएर देश लाइ यति ठुलो आर्थिक योगदान पुर्‍याउनु हुने ति सहयोगी हातहरू मध्ये केही लाई १० महिने यस अभियान मार्फत हामी विशेष रूपमा सम्मान गर्नेछौँ ।'

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:३२
Weather Update