News Griha :: न्यूजगृह
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले भने— विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क पुगेका उनले पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन् । 

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाई छ । 

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाएका छन् । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:००
Weather Update