नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दैमंगलबार, असोज २, २०८०

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना मंगलबार, असोज २, २०८० अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले नियमित बुलेटिन मार्फत जानकारी दिएको छ ।

आज गणेश चतुर्थी पर्व, गणेशको पूजाआराधना गरी मनाइँदै मंगलबार, असोज २, २०८० प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

आज ऋषिपञ्चमी पर्व मनाइँदै मंगलबार, असोज २, २०८० प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

शिक्षक महासंघलाई सरकारले वार्तामा बोलायो, शिक्षामन्त्री कै नेतृत्वमा मंगलबार वार्ता सोमबार, असोज १, २०८० सरकारले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान अर्यालले विज्ञप्ति जारी गर्दै महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

नौबिसे–मलेखु सडक राति बन्द हुने, असोज ४ देखि २० गतेसम्म दिउँसो मात्र यात्रा गर्न आग्रह सोमबार, असोज १, २०८० सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए।

डेँगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सोमबार, असोज १, २०८० बढ्दो डेँगु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु गरेको छ । पछिल्लो समय वीरगन्ज महानगर क्षेत्रमा डेँगु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेँगु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

अब पुलिस रिपोर्टमा अभियोग वा कसुर उल्लेख नहुने सोमबार, असोज १, २०८० साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिन भित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ। कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।

पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु सोमबार, असोज १, २०८० सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा सुमन कुमालका १४ वर्षीय छोरा सविन र नौ वर्षीय सङ्गमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।

राष्ट्रिय सभा अध्यक्षसँग र अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा सोमबार, असोज १, २०८० विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाउने चलन छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जल भएको नदी किनारलगायत...

साँझ ५ बजेसम्म करिब पौने तीन लाखले गरे पशुपति दर्शन सोमबार, असोज १, २०८० भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज तीर्थालुहरूले देवाधिदेव महादेवको पूजा आराधना मनाइरहेका छन् ।पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठुलो भिड छ ।

शिक्षक महासंघलाई दुहवीकाे चेतावनी— विद्यालय बन्द गरे कारबाही गर्छौं सोमबार, असोज १, २०८० दुहवी नगरपालिका सुनसरीले विद्यालय बन्द गरेर विद्यार्थीको पठनपाठनमा अवरोध पुर्याए कानुन बमोजिम कारबाही गर्ने बताएको छ ।









