News Griha :: न्यूजगृह
शिक्षक महासंघलाई दुहवीकाे चेतावनी— विद्यालय बन्द गरे कारबाही गर्छौं 

काठमाडौं— दुहवी नगरपालिका सुनसरीले विद्यालय बन्द गरेर विद्यार्थीको पठनपाठनमा अवरोध पुर्‍याए कानुन बमोजिम कारबाही गर्ने बताएको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघले बुधबार देशभर विद्यालय बन्दको आह्वान गरेको छ ।

महासंघको सो निर्णयविरुद्ध दुहवीले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरे दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।

दुहवीले शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना माग सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको जनाउँदै आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने बताएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:५८
Weather Update