अब पुलिस रिपोर्टमा अभियोग वा कसुर उल्लेख नहुने

काठमाडौं— गृह मन्त्रालयबाट जारी 'प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका' सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन ।
साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिन भित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।
यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० २०:४८
साताको लोकप्रिय