पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नवलपरासी— नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सविन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा सुमन कुमालका १४ वर्षीय छोरा सविन र नौ वर्षीय सङ्गमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।
'नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्,' उनले भने ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १८:२५
साताको लोकप्रिय