जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ मंगलबार, असोज २, २०८०

गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय भवन, गुणस्तर र विद्यार्थी घट्दै मंगलबार, असोज २, २०८० रामेछापमा २०७२ सालको भूकम्पले भत्काएका सबै विद्यालयका नयाँ भवन बने । भूकम्प जाँदा जिल्लामा ४ सय १९ वटा विद्यालय थिए । ती मध्ये अधिकांश विद्यालयका कच्ची भवन थिए । तर अहिले सञ्चालनमा रहेका केही बाहेक सबै विद्यालय पक्की भवन छन् ।

भारतले दियो क्यानडाका कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको म्याद मंगलबार, असोज २, २०८० क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ ।’ सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको...

हुम्लामा कर्मचारी अभावले कार्यालय बन्द, सेवाग्राही समस्यामा मंगलबार, असोज २, २०८० नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने मंगलबार, असोज २, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघ नजाने भएको छ ।

शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषण सम्मान मंगलबार, असोज २, २०८० सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ ।

ईसीडी शिक्षकहरूलाई केन्द्रको निर्देशन— शिक्षक महासंघको आन्दोलनमा अनिवार्य सहभागी हुनू मंगलबार, असोज २, २०८० नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासंघले बुधबार आयोजना गरेको आन्दोलनमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ ।

शिक्षक महासंघका मागहरू पूरा गर्न तयार छौं : शिक्षा मन्त्रालय मंगलबार, असोज २, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघले उठाएका मागहरु पूरा गर्न तयार रहेको बताएको छ ।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक—२०८० ले शिक्षक कर्मचारी विरोधी भएको भन्दै महासंघले बुधबारदेखि विद्यालय बन्दको आह्वान गरेको छ ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच आज दिउँसो ३ बजे वार्ता मंगलबार, असोज २, २०८० भोलि बुधबारदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलन गर्न लागेको नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच आज दिउँसो ३ बजे सिंहदरबारमा वार्ता हुँदैछ ।

यी विद्यालय कर्मचारीलाई शिक्षा पुरस्कार मंगलबार, असोज २, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीको नेतृत्वकालमा विद्यालय कर्मचारीले शिक्षा पुरस्कार पाएका छन् ।

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य मंगलबार, असोज २, २०८० यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलु रातोको ५८ रुपैयाँ रहेको छ । यसैगरी काउली स्थानीयको १००, मटरको शाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ ।

प्रचण्ड सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि मंगलबार, असोज २, २०८० नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै मंगलबार, असोज २, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।








