जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
कार्यालयले वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै २ लाख ७० हजार ठगी गर्ने राजकुमार गुरुङलाई पक्राउ गरेको हो ।
खोटाङ स्थायी घर भई हाल काठमाडौंको घट्टेकुलो बस्ने ४५ वर्षीय गुरुङले टेकप्रसाद गौतमलाई ठगी गरेको प्रहरीले जनाएको छ ।
गुरुङलाई घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १५:४७