News Griha :: न्यूजगृह
ईसीडी शिक्षकहरूलाई केन्द्रको निर्देशन— शिक्षक महासंघको आन्दोलनमा अनिवार्य सहभागी हुनू  

काठमाडौं— नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासंघले बुधबार आयोजना गरेको आन्दोलनमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयक—२०८० विरुद्ध महासंघले बुधबार आन्दोलन गर्दैछ । केन्द्रीय समितिले सोमबार निर्देशन पत्र जारी गर्दै आन्दोलनमा सरिक हुन निर्देशन दिएको हो ।

केन्द्रीय समितिले हालकै अवस्थामा शिक्षा विधेयक संसदबाट पारित भएर ऐन बने ३६ हजार ५ सय ९३ ईसीडी शिक्षकको जागिर जानेसमेत बताएको छ ।

अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीद्वारा हस्ताक्षरित निर्देशनपत्रमा ७७ वटै जिल्ला समिति र ७५३ वटै पालिका समितिले आफ्नो क्षेत्रबाट अनुपस्थित हुने ईसीडी शिक्षकको नामावली तयार गरी केन्द्रमा पठाउन भनिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:३८
Weather Update