शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषण सम्मान

काठमाडौं— सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ ।
राष्ट्रिय शिक्षा दिवस–२०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सम्मानित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।
विभूषित हुनेहरूमा नेपाल विद्या भूषण क तर्फ ७९० जना, नेपाल विद्या भूषण ख तर्फ ७१, नेपाल विद्या भूषण ग तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक क तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ख तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९६२ जना रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० ११:००













