प्रधानमन्त्री दाहालले गरे न्यूयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल बिहीबार, असोज ४, २०८०

नेपालद्वारा बीबीएनजे सम्झौतामा हस्ताक्षर बिहीबार, असोज ४, २०८० नेपालले बायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आज विश्व शान्ति दिवस बिहीबार, असोज ४, २०८० ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ नारासहित आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, असोज ४, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

काभ्रेको मण्डनदेउपुरमा भोलि ‘थकाइ’ बिदा बुधबार, असोज ३, २०८० काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात बुधबार, असोज ३, २०८० मंगलबार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बाबुराम चौधरीको उपचारको क्रममा अहेव नरेन्द्रप्रसाद गैरेमाथि चौधरीका आफन्तले हातपात गरेका हुन् । घाइतेका आफन्त बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्काले गैरेमाथि गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ ।

जीपको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु बुधबार, असोज ३, २०८० तानसेनदेखि बगनासकाली गाउँपालिका–७, खानीगाउँका लागि छुटेको लु १ ज १७५९ नम्बरको जीप र लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।

सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन : मेयर बालेन बुधबार, असोज ३, २०८० उनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराएका छन् । साथै उनले शिक्षकहरुलाई स्कुल बन्द गरेर पठन पाठन मा अवरोध नगर्न आग्रह गर्दै अवरोध पुर्याएमा कानुन (संविधान) अनुसार कारबाही हुने पनि जनाएका छन्।

सुनका गरगहना लुटपाट गर्ने २ जना काभ्रेबाट पक्राउ बुधबार, असोज ३, २०८० सुनका गरगहना लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेमाल गाउँपालिका-२ सर्स्यौंखर्कका २७ वर्षीय आकाश दोङ र खानीखोला गाउँपालिका-१ फलामेटारका २७ वर्षीया श्रीराम लोप्चन छन् ।

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन बुधबार, असोज ३, २०८० संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।

विज्ञान र गणितका शिक्षक अभाव बुधबार, असोज ३, २०८० गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए । राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।

काठमाडौं महानगरले शिक्षकहरूलाई भन्यो— विद्यालय बन्द गरे कारबाही हुन्छ बुधबार, असोज ३, २०८० काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।
शिक्षकका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा बुधबार, असोज ३, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।नेपाल शिक्षक महासंघको आयोजनामा बुधबार देशभरका शिक्षकले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहँदा शर्माले सो कुरा बताएका हुन् ।









