News Griha :: न्यूजगृह
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी  प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरूको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०६:१३
Weather Update