पुष्पा र अञ्जलीलाई कोशी पठाइँदैबिहीबार, असोज ४, २०८०

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ बिहीबार, असोज ४, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
)
पश्चिमी देशहरूमा फैलिएको डर बिहीबार, असोज ४, २०८० पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । त्यसयता पश्चिमा देशका मन्त्री र अधिकारीहरूले भारत र क्यानडाबीचको बिग्रँदै गएको सम्बन्धले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपरोस् भनेर कडा मेहनत गरिरहेका छन् ।अमेरिका र अन्य पश्चिमी शक्तिहरू यो विवादलाई भारतबाट टाढा बनाउन चाहँदैनन् । भारत अन्तर्राष्ट्रिय राजनीतिको चेस बोर्डमा...

गगन थापाले भने— शिक्षा विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौँ बिहीबार, असोज ४, २०८० महामन्त्री थापाले आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताउँदै सांसदको भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत...

शिक्षक महासंघले माग्यो सरकारसँग सुरक्षा बिहीबार, असोज ४, २०८० आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग सुरक्षा माग गरेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध बुधबारदेखि आन्दोलनमा उत्रिएको महासंघले बिहीबार बिहान गृहमन्त्री नारायणकानी श्रेष्ठ, काठमाडौंको सीडीओसहितसँगको छलफलमा सुरक्षा माग गरेको हो ।

सरकार र शिक्षक महासंघबीचको प्रारम्भिक छलफल सकारात्मक बिहीबार, असोज ४, २०८० आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच बिहीबार बिहान भएको छलफल सकारात्मक भएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएको र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको हो ।

शिक्षकहरूको आन्दोलनले विद्यार्थी अन्योलमा बिहीबार, असोज ४, २०८० विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा उत्रेपछि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ ।विद्यालय पुगेका विद्यार्थीहरू गेटबाटै फर्किएका छन् भने कुनै विद्यार्थी विद्यालय नै जाने नजाने अन्योलमा छन् ।

नगदसहित प्रधानाध्यापक सम्मानित बिहीबार, असोज ४, २०८० खोटाङको केपिलासगढी गाउँपालिकाले प्रधानाध्यापकलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका हुन् ।

सरकार र शिक्षक महासंघबीच वार्ता जारी बिहीबार, असोज ४, २०८० सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भइरहेको छ । बुधबारबाट काठमाडौंमा आन्दोलन सुरु गरेको महासंघसँग सरकारले वार्ता सुरु गरेको हो । वार्ता बिहान ८ बजेदेखि गृह मन्त्रालयमा जारी छ ।

माइतीघरमा उपस्थित हुन शिक्षक कर्मचारीलाई निर्देशन बिहीबार, असोज ४, २०८० काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले माइतीघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।

डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ युवा पक्राउ बिहीबार, असोज ४, २०८० पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरू छन् । १८ वर्षीय किशोर भने फरार छन् । उनीहरूको परिचय प्रहरीले गोप्य राखेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग बिहीबार, असोज ४, २०८० मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

जीर्ण बाँके कारागार बिहीबार, असोज ४, २०८० बाँके जिल्ला कारागारको भवन पुननिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।









