सरकार र शिक्षक महासंघबीच वार्ता जारी

काठमाडौं— सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भइरहेको छ । बुधबारबाट काठमाडौंमा आन्दोलन सुरु गरेको महासंघसँग सरकारले वार्ता सुरु गरेको हो । वार्ता बिहान ८ बजेदेखि गृह मन्त्रालयमा जारी छ ।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै महासंघले आन्दोलन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० ०९:४२













