News Griha :: न्यूजगृह
नगदसहित प्रधानाध्यापक सम्मानित 

खोटाङ— खोटाङको केपिलासगढी गाउँपालिकाले प्रधानाध्यापकलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका हुन् ।

उनलाई दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ ।

गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसईई दिएकामध्ये उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने एक/एक छात्रछात्रालाई एक लाखका दरले पुरस्कार वितरण गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:५९
Weather Update