News Griha :: न्यूजगृह
शिक्षकहरूको आन्दोलनले विद्यार्थी अन्योलमा

काठमाडौं— विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा उत्रेपछि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ ।

विद्यालय पुगेका विद्यार्थीहरू गेटबाटै फर्किएका छन् भने कुनै विद्यार्थी विद्यालय नै जाने नजाने अन्योलमा छन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघले बुधबारदेखि आन्दोलन सुरु गरेको छ । विधेयक नसच्याएसम्म आन्दोलन जारी रहने महासंघको भनाइ छ ।

आन्दोलन सुरु हुनुअघि महासंघलाई सरकारले वार्तामा बोलाए पनि महासंघ गएन । बुधबार आन्दोलन गरेपछि बिहीबार बिहान महासंघ सरकारसँग वार्तामा बसिरहेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:१५
Weather Update