डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ युवा पक्राउ

काठमाडौं— युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेल्धुरामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरू छन् । १८ वर्षीय किशोर भने फरार छन् । उनीहरूको परिचय प्रहरीले गोप्य राखेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२० वर्षीया युवतीमाथि फरकफरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरूमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० ०८:५४













